फिष्टेल एकेडेमीलाई बास्केटबल प्रतियोगिताको दोहोरो  उपाधि

पाेखरा | भदौ २५, २०८०

फिष्टेल एकेडेमीलाई बास्केटबल प्रतियोगिताको दोहोरो  उपाधि

पोखरा: पोखरामा संचालन भएको कास्की जिल्ला ब्यापी   बिद्यालयस्तरिय पहिलो  ५ र ५ मर्दिखोला छात्र छात्रा  बास्केटबल  प्रतियोगितामा  फिष्टेल एकेडेमीले दोहोरो उपाधि जित्न सफल भएको छ । 

 

फिष्टेल एकेडेमीले छात्र छात्रा दुबै प्रतियोगितामा बिजेता बन्दै दोहोरो उपाधि जित्न सफल भएको हो। सो प्रतियोगितामा  छात्रातर्फ गण्डकी बोर्डिङले  द्वितीय र बालकल्याण स्कुलले तृतीय स्थान हासिल गर्न सफल भए।

 

 त्यसैगरी    छात्रतर्फ    दोश्रो   गण्डकी बोर्डिङ र तेस्रो स्थान  मनकामना बोर्डिङले  हासिल गर्न सफल भए।पोखरा स्थित  मालेपाटन बास्केटबल कोर्टमा सम्पन्न  प्रतियोगितामा पहिलो, दोश्रो र तेस्रो हुने टिमले नगद पुरस्कार क्रमशः रू २० हजार, १०  हजार र ६ हजारसहित ट्रफी र मेडल प्राप्त गरे।

 

मर्दी खोला बास्केटबल क्लबले आयोजना गरेको सो प्रतियोगितामा छात्रतर्फ २०  र छात्रातर्फ ११ वटा बिद्यालय सहभागी भएका थिए।

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।   छैटौँ तहका इन्जिनियर खड्काले पुलको...

थप पढ्नुहोस्

पोखरा ।   युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ ।   भगवती युवा ...

थप पढ्नुहोस्

फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ।  अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

थप पढ्नुहोस्